प्रि ओपन सेसनमा साढे ६ अंकले घट्यो नेप्से
६ साउन, काठमाडाैं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ६.६८ अंकले घटेर २७१९.८१ विन्दुमा झरेको छ।
बुधबार प्रि ओपन सेसनमा ५७ स्टकको ८० पटकको कारोबारमा २ करोड १७ लाख ७३ हजार ८१४ रुपैयाँबराबरको ३४ हजार ८३० कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : July 22, 2026 at 10:59 am





