६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा

६ साउन,काठमाडाैं । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरुले सामूहिक राजनीनामा दिएका हुन् ।

dainiki.com

बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट बिन्दु श्रेष्ठ, डा. दिनेशचन्द्र देवकोटा, किरण थापा, भरतबहादुर केसी, मधुसूदन पौडेल र जयराम थापा मन्त्री थिए । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ ।

प्रकाशित मिति : July 22, 2026 at 10:52 am