सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा बढ्यो, लाभांश क्षमतामा पनि सुधार
६ साउन, काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा व्यावसायिक तथा वित्तीय परिसूचकहरूमा सन्तोषजनक प्रदर्शन गरेको छ। गत असार मसान्तसम्ममा बैंकले ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.६९ प्रतिशतको वृद्धि हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ८८ करोड ४४ लाख रुपैयाँको तुलनामा धेरै हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब ४२ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ६४ करोड २३ लाख रुपैयाँ रहेको थियो।

बैंकको वितरणयोग्य नाफा ४९ करोड २३ लाख ७७ हजार रुपैयाँ पुगेको छ भने लाभांश क्षमता समेत १०.३६ प्रतिशतबाट बढेर १३.१९ प्रतिशत पुगेको छ । बैंकको कुल निक्षेप ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४५ अर्ब ८७ करोड ५० लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २३.८३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंककाे प्रतिसेयर आम्दानी १७.०६ पैसा थियो। त्यस्तै, प्रतिसेयर नेटवर्थ १६९.५० रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात १६.९५ गुणा रहेको छ।
प्रकाशित मिति : July 22, 2026 at 9:45 am





