५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

सामान्य अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

५ साउन, काठमाडाैं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेको छ।  मंगलबार १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३४३ कम्पनीकाे ७५ हजार १० पटकको कारोबारमा ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँबराबरको १ करोड ४९ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

एभरेष्ट कलर लिमिटेडको सेयरमा यस दिन सकारात्मक सर्किट लागेकाे छ । ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य यस दिन सर्वाधिक ७.४४ प्रतिशत घटेको छ। यस दिन रिडी पावरकाे सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ५५ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : July 21, 2026 at 3:19 pm