सिटिजन लाइफका ४ सञ्चालकको पदावधि थप, अध्यक्षमा पाण्डेलाई निरन्तरता
५ साउन, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको पदावधि थप गरेको छ । साथै, कम्पनीले अध्यक्ष प्रदीपजङ्ग पाण्डेलाई अध्यक्षकै जिम्मेवारीमा निरन्तरता दिने निर्णय गरेको छ ।
सञ्चालक समितिको साउन ४ गते बसेको १३२औँ बैठकले आगामी वार्षिक साधारणसभा सम्पन्न नभएसम्मका लागि हालका सञ्चालकहरूको पदावधि थप गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार संस्थापक समूहका सञ्चालकहरूको चारवर्षे कार्यकाल साउन ६ गते समाप्त हुने भए पनि साधारणसभा सम्पन्न गर्न समय लाग्ने भएकाले कम्पनीको नियमावलीको नियम २७(४) बमोजिम पदावधि निरन्तरता दिइएको हो ।
पदावधि थप हुने सञ्चालकमा अध्यक्ष प्रदीपजङ्ग पाण्डे, सुमित कुमार अग्रवाल, मनोज कार्की र महेश स्वाँर रहेका छन् । कम्पनीले थपिएको पदावधि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराउने जनाएको छ । साधारणसभाले सञ्चालकहरूको पदावधि सम्बन्धी निर्णयलाई अन्तिम स्वीकृति दिने कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : July 21, 2026 at 12:05 pm





