GWM को ‘Dragon Armor Battery’ ले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै
४ साउन, काठमाडाैं । विद्युतीय सवारीसाधन (EV) को प्रयोग विश्वभर बढ्दै जाँदाब्याट्रीको सुरक्षा, कार्यक्षमता रविश्वसनीयता ग्राहकहरूको प्रमुख चासोको विषय बन्दै गएको छ। यही चुनौतीलाई सम्बोधन गर्दै GWM लेआफ्नै ब्याट्री प्रविधिमार्फत विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्ने प्रयास गरिरहेको छ।
धेरै अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री आपूर्ति गर्ने भए पनि GWM विश्वका सीमित अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी SVOLT Energy मार्फत ब्याट्रीकोअनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ। यसले GWM लाई ब्याट्री प्रविधिको गुणस्तर, सुरक्षार विश्वसनीयतामा प्रत्यक्ष नियन्त्रण कायम गर्न सहयोग पुर्याएको छ।
नेपालमा हालै सार्वजनिक गरिएको GWM ORA 5 EV SUV मा प्रयोग गरिएको अत्याधुनिक ‘Dragon Armor Battery’ पनि SVOLT Energy ले विकास तथा उत्पादन गरेको हो। लामो समयको अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले उच्च सुरक्षा, लामो ड्राइभिङरेन्ज, छिटो चार्जिङ क्षमता र उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्लेटफर्ममा समेटेको कम्पनीले जनाएको छ।
‘Dragon Armor Battery’ नाम यसको विशेष आन्तरिक संरचनाका कारण दिइएको हो। ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टा जस्तै तह–तहमा व्यवस्थि तगरिएको छ, जसले विशेष प्रकारको डाउनवर्ड भेन्टिङ प्रणाली निर्माण गर्छ।
यो प्रविधिले कुनै असामान्य अवस्थामा ब्याट्रीभित्र अत्यधिक ताप वा आगो उत्पन्न भएमा त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ सुरक्षित रूपमा बाहिर निकाल्न सहयोग गर्छ। यसले ब्याट्रीलाई यात्रु सुरक्षाका लागि थप सुरक्षाकवचका रूपमा काम गर्न सक्षम बनाउने कम्पनीको दाबी छ।
GWM का अनुसार Dragon Armor Battery ले विद्युतीय सवारीको सुरक्षा, स्थायित्व र प्रयोगकर्ताको विश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित विकास गरिएको हो।बढ्दो EV बजारमा सुरक्षित र भरपर्दो ब्याट्री प्रविधिको आवश्यकता पूरा गर्न यो प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : July 20, 2026 at 5:30 pm





