२७०० विन्दुमाथि नेप्से, कारोबार रकममा पनि वृद्धि
४ साउन, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन साेमबार नेप्से परिसूचक बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ४१.७० अंक बढेर २७१९.२४ विन्दुमा पुगेको छ। सोमबार २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३४३ कम्पनीकाे ६७ हजार १५५ पटकको कारोबारमा ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँबराबरको १ करोड २२ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन एभरेष्ट कलर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेकाे छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाकोसेयरमूल्य यस दिन सर्वाधिक ६.८६ प्रतिशत घटेको छ।कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड १५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
प्रकाशित मिति : July 20, 2026 at 3:22 pm





