फर्स्ट माइक्रोफाइनान्सको नाफा ७३ प्रतिशतले बढ्याे, वितरणयोग्य मुनाफामा पनि वृद्धि
३ साउन, काठमाडाैं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे नाफा गत आर्थिक वर्षकाे तुलनामा ७३.६४ प्रतिशतले बढी हाे । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड ९८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्म लघुवित्तको कुल वितरणयोग्य नाफा १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ९ करोड ३ लाख रुपैयाँको तुलनामा ५०.७६ प्रतिशत बढी हो। यस आधारमा लघुवित्तको वार्षिक प्रतिसेयर वितरणयोग्य आम्दानी १० रुपैयाँ १३ पैसा पुगेको छ। यस आधारमा संस्थाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई करसहित करिब १०.१३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको देखिन्छ।

यस अवधिमा लघुवित्तले कुल १९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १० करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१ करोड १६ लाख रुपैयाँबाट बढेर २२ करोड ७४ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको सञ्चालन नाफा पनि १५ करोड ७६ लाख रुपैयाँबाट बढेर २७ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा लघुवित्तको खराब कर्जा ३.८४ प्रतिशतबाट घटेर २.८८ प्रतिशतमा झरेको छ । यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ४१ पैसाले बढेर १० रुपैयाँ १३ पैसा पुगेको छ ।
प्रकाशित मिति : July 19, 2026 at 10:05 am





