१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

१ साउन, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.६२ अंकले बढेर २५९९.४२ विन्दुमा पुगेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ४३ स्टकको ६७ पटकको कारोबारमा ७९ लाख ६८ हजार ६२९ रुपैयाँ ६० पैसाबराबरको १० हजार २५३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 17, 2026 at 10:59 am