चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्सेसँगै बढ्यो कारोबार रकम
३२ असार, काठमाडाैं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ७.५० अंक बढेर २५९७.८० विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३७१ कम्पनीकाे ३९ हजार ५९५ पटकको कारोबारमा ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँबराबरको ९४ लाख ६९ हजार कित्ता सेयर काराेबार भएकाे छ ।
यस दिन एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक १४.९६ प्रतिशत बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.७७ प्रतिशत घटेको छ।कारोबार रकमका आधारमा यस दिन सिंगटी हाइड्रो इनर्जी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ७४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
प्रकाशित मिति : July 16, 2026 at 3:24 pm





