३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

नेप्सेमा एभरेष्ट कलरको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

३२ असार, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट कलर लिमिटेडको आईपीओ सूचीकृत भएको छ ।  नेप्सेमा कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारण सेयरधनीलाई बिक्री गरिएको कुल ७ लाख ९० हजार कित्ता सेयर रहेको छ भने संस्थापकहरुले लगानी गरेको २२ लाख १० हजार कित्ता सेयर रहेको छ ।

dainiki.com

नेप्सेले उक्त कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा भोलिदेखि नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ ।

प्रकाशित मिति : July 16, 2026 at 12:12 pm