३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

सेयर बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली लागु गरिने

३१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी ३ महिनाभित्रै सेयर बजार घट्दा पनि लगानीकर्ताले नाफा कमाउने गरी ‘सर्ट सेलिङ’ प्रणालीका लागि आवश्यक तयारी गर्ने भएको छ ।

बुधवार अर्थ समितिको बैठकमा उनले बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिनसक्ने व्यवस्था ल्याउन ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्न लागिएको बताएका हुन् । अध्यक्ष भट्टले नेपालमा शेयर बजार सधैं बढिरहनुपर्ने भन्ने मान्यता रहेको उल्लेख गर्दै उनले कुनैपनि देशको पूँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने स्पष्ट पारे ।

बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउनु मात्रै रहेको उनले बताए । उनका अनुसार सर्टसेलिङ प्रणाली लागु गरेपछि बजार घट्दा हाल आन्दोलनमा उत्रिने समस्याको अन्त्य हुनेछ ।

बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउनु मात्रै रहेको उनले बताए । उनका अनुसार सर्टसेलिङ प्रणाली लागु गरेपछि बजार घट्दा हाल आन्दोलनमा उत्रिने समस्याको अन्त्य हुनेछ ।

यो प्रणाली लागु भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले सेयर सापटी लिएर बिक्री गर्न सक्नेछन् । मूल्य घटेपछि सोही सेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ । बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिलेझैं सेयर किनेर मूल्य बढेपछि बिक्री गरी नाफा लिन सक्नेछन् ।

अध्यक्ष भट्टले यस व्यवस्थापछि बजार बढ्नैपर्ने भन्ने एकतर्फी मनोविज्ञान परिवर्तन हुने र लगानीकर्ताले आफ्नै अध्ययन तथा विश्लेषणका आधारमा निर्णय गर्ने वातावरण बन्ने दाबी गरे । उनले धितोपत्र बोर्डको जिम्मेवारी बजारमा नियम, नियमन र समान अवसर सुनिश्चित गर्नु मात्र भएको उल्लेख गर्दै लगानी निर्णय पूर्ण रूपमा लगानीकर्ताको विवेकमा निर्भर रहने बताए ।

अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउन लागिएको पनि जानकारी दिए । सम्पत्ति छानबिनलगायत सरकारी कारबाहीका कारण लगानीकर्ताको मनोबल खस्किएको भन्ने गुनासो आएको उनको भनाइ छ ।

प्रकाशित मिति : July 15, 2026 at 1:36 pm