स्वावलम्बन लघुवित्तको सीईओमा नरेन्द्र सिंह विष्ट पुनः नियुक्त
३१ असार, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हालका सीईओ नरेन्द्र सिंह विष्ट दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्।
विष्टको हालको कार्यकाल आगामी साउन ८ गते समाप्त हुँदैछ। आज असार ३१ गते बिहान बसेको सञ्चालक समितिको बैठकले विष्टलाई पुनः चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
प्रकाशित मिति : July 15, 2026 at 12:11 pm





