मितेरी डेभलपमेन्ट बैंकको २ लाख ३१ हजार कित्ता सेयर बिक्रीमा, क -कसले किन्न पाउछन् ?
३१ असार, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ३१ हजार ३७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
जसमध्ये १ लाख ६२ हजार ५२४ कित्ता सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् भने ६८ हजार ८५० कित्ता सेयर खरिदका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा पुग्ने गरी आवेदन दिनसक्नेछन् ।
प्रकाशित मिति : July 15, 2026 at 9:28 am





