यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
३० असार, काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य ५ निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यी हुन् निर्णय-
-बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।
-सशस्त्र प्रहरी बल नेपालका विपद् खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने।
-अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने।
-नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने।
-अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने।
प्रकाशित मिति : July 14, 2026 at 5:55 pm





