३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

चालु आवको ११ महिनामा बैंक तथा वित्तीय संस्थाका १८२ शाखा कार्यालय बन्द

३० असार, काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाका १८२ शाखा कार्यालयहरु बन्द भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार’ समीक्षा अवधिमा यस्तो देखाएको हो ।

खर्च घटाउन शाखा बन्द गर्ने सुविधा राष्ट्र बैंकले दिएसँगै बैंक तथा वित्तीय संस्था धमाधम बन्द हुन थालेका हुन् । २०८३ जेठ मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १०६ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् ।

२०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११ हजार ५२६ रहेकोमा २०८३ जेठ मसान्तमा ११ हजार ३४४ रहेको छ ।

प्रकाशित मिति : July 14, 2026 at 5:41 pm