३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

मलाई गोली हान्ने धम्की आएको छः ऐन महर

३० असार,  काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महरले आफूले सरकारको आलोचना गरेको मन नपराएकाहरूले सामाजिक सञ्जाल र फोनमार्फत गोली हान्ने धम्की दिएको बताएका हुन्।

महरले जनताको प्रतिनिधि हुनुको नाताले सरकारको गुण र दोषका आधारमा आलोचना गर्दा आफूलाई निशाना बनाइएको बताए। ‘हामी जनताबाट अभिमत लिएर यस सदनमा आएका छौं। जनताका कुरा बोल्न। हामी निरपेक्ष रूपमा विरोध गर्दैनौं। हामी गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौं। सरकारलाई हामी सही बाटो देखाउन चाहन्छौं,’ उनले भने, ‘तर बिडम्बना सदनमा बोलिरहँदा सरकारको विरोध गरेको केही मान्छेहरूलाई आभाष हुँदो रहेछ। मलाई निरन्तर धम्की आइराखेको छ । फेसबुकमा, फोनमा गोली हानिदिन्छु, मारिदिन्छु भनेको छ ।’

प्रकाशित मिति : July 14, 2026 at 4:03 pm