राज्य संकटमा छ, सबै दल एकजुट बनेर राष्ट्रिय मुद्दा तय गरौंः अमरेश कुमार सिंह
३० असार, काठमाडाैं । रास्वपा सांसद अमरेशकुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको भन्दै सबै दल एकजुट हुन आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद सिंहले जनतामा निराशा छाएको अवस्थामा सरकार तथा प्रतिपक्ष दलहरूले उत्साह भर्ने खालको गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।
“जनता र लोकतन्त्र रहेमात्रै मुलुक रहन्छ”, उनले भने, “अहिले देखिएको निराशा र नैराश्यता चिर्नका लागि सत्तापक्ष र प्रतिपक्षहरू एकजुट भएर राष्ट्रिय निर्माणमा अग्रसर हुनुपर्ने बेला भइसकेको छ ।”
प्रकाशित मिति : July 14, 2026 at 1:10 pm




