३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

संसद्‍मा निश्कल राईको प्रश्नः ‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?’

३० असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भास्य स्थापित गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसद राईले भने,’ श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ।’

कुनै बेला बोल्न दे सरकार र गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेन्द्र शाह र अहिलेका प्रधानमन्त्री एकै हो कि होइन भन्ने पनि उनले प्रश्न गरेका छन् । उनले  बहुमतले संविधान उल्लङ्घन गर्ने लाइसेन्स नदिने बताए ।

राईले भने, ‘बहुमतले संविधान उल्लंघन गर्ने लाइसेन्स दिँदैन । संविधानको धारा १३७ ले न्यायिक समीक्षाको व्यवस्था गर्छ । संविधानको धारा १ ले नै भन्छ, यो संविधान सर्वोच्च कानून हो । बहुमत संविधानभन्दा माथि छैन । बहुमतले जनताको प्रतिनिधित्व गर्छ, जनताको अधिकार कुल्चिने अधिकार दिँदैन ।’

 

प्रकाशित मिति : July 14, 2026 at 12:29 pm