३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

प्रधानमन्त्री बालेनप्रति आरेन राईको टिप्पणीः ढुंगा बोल्छ तर मान्छे बोल्दैन

३० असार, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बाेल्दै उनले लामो समय बितिसक्दा पनि आफ्नो माग सम्बोधन नभएको भन्दै सरकारको आलोचना गरे ।

सांसद राईले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको यत्रो समय भयो । तर ढुंगा बोल्ला, मान्छे बोल्दैन भनेजस्तै भएको छ ।’ हामीले लगातार माग गर्दा पनि प्रधानमन्त्रीज्यूले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुभएको छैन ।’

सांसद  राईले गरिब निमुखाको निम्ति काम गर्छु भनेर आएको सरकारले गरिबहरूलाई निमोठ्ने काम गरिरहेको पनि बताएका छन् । उनले भने, ‘गरिब निमुखाको निम्ति काम गर्छु भनेर आएको यो सरकारले गरिबमाथि धारे हात लगाएर निमोठ्ने काम गरेको छ। सुकुम्बासीको सवालमा होस् वा पठाओ राइडरको सवालमा होस् वा साना व्यवसायीहरूको सवालमा होस्, सरकारले गरिबहरूलाई निमोठ्ने काम गरिरहेको छ।’

प्रकाशित मिति : July 14, 2026 at 12:01 pm