लगातार सेयर बजार घटेको भन्दै सेबोन घेराउ गर्न पुगे लगानीकर्ता
३० असार, काठमाडाैं । लगातार सेयर बजारमा गिरावट भएपछि लगानीकर्ताहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) काे कार्यालय घेराउ गरेका छन् । मंगलबार सेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा बजार बढाउने नीति ल्याउनका लागि माग गर्दै बोर्ड घेराउ गर्न पुगेका हुन् ।

लगानीकर्ताहरूले सेबोनको कार्यालय घेराउ गर्दै बजार सुधारका लागि तत्काल नीतिगत हस्तक्षेप गर्न सरकार र नियामक निकायसँग माग गरेका छन् । सेबोन अध्यक्षमा डा. गोपाल भट्टले कार्यभार सम्हालेपछि बोर्डले पुँजीबजार विकास मार्गचित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सोही योजनामा बजार सुधार्ने योजना ल्याउनुपर्ने माग लगानीकर्ताहरूको रहेकाे छ ।
प्रकाशित मिति : July 14, 2026 at 11:47 am





