३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

मनकामना इन्जिनियरिङको ५४ लाख २३ हजार कित्ता सेयरको लक इन अवधि भदौमा सकिँदै

३० असार, काठमाडाैं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको ५४ लाख कित्ता बढी सेयरको लक इन अवधि आगामी भदौ महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ५४ लाख २३ हजार ३८० कित्ता सेयरको लक इन अवधि भदौ २ गते समाप्त हुने भएको हो ।

 कम्पनीको कुल सेयर संख्यामा संस्थापक समूहको ५२ लाख कित्ता, स्थानीय बासिन्दाका लागि छुट्टाइएको १ लाख ८३ हजार ३८० कित्ता र कर्मचारीहरुका लागि छुट्टाइएको ४० हजार कित्ता रहेको छ ।

साथै, कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुको हकमा भने खरिदबिक्री गर्न पाइने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : July 14, 2026 at 10:18 am