३५ दिनभित्र निक्षेप फिर्ता लैजान सदस्यहरूलाई पिनाक सहकारीको आग्रह
३० असार, काठमाडौं । पिनाक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्य तथा बचतकर्तालाई बचत रकम फिर्ता लिन आग्रह गरेको छ ।
संस्थाले मंगलबार एक सूचना प्रकाशित गर्दै संस्थासँग कारोबार गरिरहेका सबै सेयर सदस्य तथा बचतकर्तालाई आवश्यक प्रमाणसहित संस्थामा उपस्थित भई आफ्नो बचत रकम फिर्ता लिन अनुरोध गरेकाे हो ।
सूचनामा उल्लेख भए अनुसार, इच्छुक सेयर सदस्य तथा बचतकर्ताहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रमाणसहित संस्थाको कार्यालयमा उपस्थित भई आफ्नो बचत रकम फिर्ता लिनुपर्नेछ ।
बचतकर्तालाई तोकिएको अवधिभित्र त्रिपुरेश्वरस्थित संस्थाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । साथै, तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा त्यसपश्चात् सिर्जना हुन सक्ने कुनै पनि दायित्वप्रति संस्था जिम्मेवार नहुने समेत सूचनामा उल्लेख रहेकाे छ ।
प्रकाशित मिति : July 14, 2026 at 9:50 am





