२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

पोखरा र समृद्धि मिले आजदेखि ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन

२६ असार, काठमाडाैँ । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक भएका छन । मर्जर प्रक्रिया सम्पन्न भएपछि आज शुक्रबारदेखि एकीकृत कारोबार सञ्चालन सुरू भएको छ । मर्जरपछि दुवै संस्थाको संयुक्त कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट सञ्चालन सुरू भएको छ ।

फाइनान्सको केन्द्रीय कार्यालय अब काठमाण्डौ महानगरपालिका–२८, पुतलीसडकमा कायम भएको छ । एकीकृत कारोबारसँगै फाइनान्सको अध्यक्ष समृद्धिबाट कायम भएको छ भने प्रमुख कार्यकारी अधिकृत पोखराबाट कायम भएको छ । नेप्सेले दुवै संस्थाको सेयर कारोबार शुक्रबारदेखि नै रोक्का राखेको छ ।

प्रकाशित मिति : July 10, 2026 at 10:44 am