२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

पोखरा र समृद्धि फाइनान्सको सेयर कारोबार असार २६ गतेदेखि रोक्का हुने

२५ असार, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मर्जर प्रक्रियाका कारण पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेका अनुसार दुवै कम्पनीबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रक्रिया सम्पन्न भई असार २६ गतेदेखि पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ।

dainiki.com

 सोहीअनुसार धितोपत्र दर्ता भएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को व्यवस्थाबमोजिम दुवै कम्पनीको सेयर कारोबार असार २६ गतेदेखि लागू हुने गरी रोक्का रहने छ ।

प्रकाशित मिति : July 9, 2026 at 5:57 pm