२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

२५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालन हुने जनाएको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले आज सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने बताइएको हो ।

dainiki.com

राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनको लागि यस्तो व्यवस्था गर्न लागेको जनाएको छ ।

प्रकाशित मिति : July 9, 2026 at 4:56 pm