२९ भदौ २०८३, सोमबार | Tue Sep 15 2026

शनिबार र आइतबार पनि आरटीजीएस प्रणाली सुचारु हुने

२५ असार, काठमाडौं।  रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली बिदाका दिनमा सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिनमा समेत  आरटीजीएस प्रणाली नियमित रूपमा सञ्चालन हुने जनाएको हाे।

dainiki.com

विभागद्वारा जारी सूचनाअनुसार आगामी असार २७ गते शनिबार र असार २८ गते आइतबार सार्वजनिक बिदा भए पनि आरटीजीएस प्रणाली बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। बैंक तथा वित्तीय संस्थामार्फत हुने ठूला रकमका विद्युतीय भुक्तानी कारोबारलाई सहज बनाउन आरटीजीएस सेवा निरन्तर सञ्चालनमा राखिएको विभागले जनाएको छ।

प्रकाशित मिति : July 9, 2026 at 10:49 am