शनिबार र आइतबार पनि आरटीजीएस प्रणाली सुचारु हुने
२५ असार, काठमाडौं। रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली बिदाका दिनमा सञ्चालन हुने भएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिनमा समेत आरटीजीएस प्रणाली नियमित रूपमा सञ्चालन हुने जनाएको हाे।

विभागद्वारा जारी सूचनाअनुसार आगामी असार २७ गते शनिबार र असार २८ गते आइतबार सार्वजनिक बिदा भए पनि आरटीजीएस प्रणाली बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। बैंक तथा वित्तीय संस्थामार्फत हुने ठूला रकमका विद्युतीय भुक्तानी कारोबारलाई सहज बनाउन आरटीजीएस सेवा निरन्तर सञ्चालनमा राखिएको विभागले जनाएको छ।
प्रकाशित मिति : July 9, 2026 at 10:49 am





