२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने

२५ असार, काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ । कम्पनीले जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखिएको अवितरित हकप्रदमा आवेदन नपरेको संस्थापक तर्फको ६३ हजार ८४७ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

dainiki.com

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले साउन १ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु, विराटनगर, जनकपुर, विरगञ्ज,हेटौडा, नारायणगढ,पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीबाट आवेदन पेश गर्न सक्नेछन् ।

प्रकाशित मिति : July 9, 2026 at 9:18 am