९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

जागिरकाे खाेजीमा हुनुहुन्छ ? सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर

२४ असार, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चार्टर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको छ। कम्पनीले काठमाडौंस्थित कर्पोरेट कार्यालयका लागि सहायक प्रबन्धक वा उपप्रबन्धक तहमा कर्मचारी माग गरेको हो।

dainiki.com

आवेदकले आईक्यान वा आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्ट (सीए) उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै लेखा, वित्त, अडिट, कर, जोखिम व्यवस्थापन वा अनुपालन क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव आवश्यक रहेको कम्पनीले जनाएको छ। निर्जीवन बीमा क्षेत्रमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

इच्छुक उम्मेदवारले असार ३२ गतेसम्म आवेदन दिन सम्नेछन् ।

प्रकाशित मिति : July 8, 2026 at 2:48 pm