२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

हर्कराज राईको प्रश्नः ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म ?

२४ असार, काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले  प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा राईले सामाजिक सञ्जालमा गालीगलौज गर्ने प्रवृत्ति बढेको र सरकारले सबैलाई समान रूपमा कारबाही गर्नुपर्ने बताए।

उनले भने, ‘प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई हिरासतमा राखियो, तर निर्माण व्यवसायीको खुट्टा भाँचिदिन्छु भन्ने मन्त्री र प्रहरीलाई सडकमा घिसार्छु भन्ने सांसदलाई किन कारबाही हुँदैन ? ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म ?’ उनले नागरिकलाई सच्याउने मौका दिनुपर्ने तर राज्यले प्रतिशोध लिन नहुने बताए ।

dainiki.com

सांसद राईले नियम र कानुन सबैका लागि बराबर हुनुपर्ने बताए । ‘जब लोकतन्त्रमा नियम मानिँदैन वा एकथरीलाई मात्र नियम लाग्छ, त्यहाँबाट अराजकता सुरु हुन्छ । अहिले संसद् र सरकार बिस्तारै त्यही दिशातर्फ उन्मुख भएको देखिन्छ,’ राईले भने ।  उनले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिका विषयमा जवाफ माग गरेका छन् ।

प्रकाशित मिति : July 8, 2026 at 1:31 pm