भुजुङ हाइड्रोपावरको ५० हजार कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने
२४ असार, काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लक इन अवधि साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको ५० हजार कित्ता सेयरको लक इन अवधि साउन २६ गते समाप्त हुन लागेको हो ।

कम्पनीले आईपीओ निष्काशन गरी बाँडफाँड गर्दा सामूहिक लगानी कोषहरूका लागि ५० हजार कित्ता सेयर बाँडफाँड गरेको थियो। सामूहिक लगानी कोषतर्फको सेयर सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ६ महिनासम्म लकइनमा राख्नुपर्ने प्रावधान छ।

प्रकाशित मिति : July 8, 2026 at 10:35 am





