सहमतिमा नअडिए सक्किने होः गणेश कार्की
२४ असार, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा भएको गडबडीमा सांसद गणेश कार्कीले पनि मुख खोलेका छन । सहमति र महाधिवेशनबाट अनुमोदन भएको भन्दा फरक विषय विधानमा समेटिएको भन्दै रास्वपामा वरिष्ठ नेता बालेन्द्र शाह बालेन निकटका नेताहरूले चर्को असन्तुष्टि जनाएका छन ।
विधानको गडबडमा टिप्पणी गर्दै कार्कीले भनेका छन, ‘सहमतिमा नअडिए, सहमतिमा खेलबाड गरे सक्किने हो । तर त्यो समाप्ति पार्टी र नेताको मात्रै हुँदैन।’

यस्तो छ कार्कीको टिप्पणी
सोच्ने नै हो भने राम्रो सोचौँ । पछाडि फर्किने नै हो भने त्यो सहमतिमा फर्कौँ जहाँ प्रष्ट भनिएको थियो, पार्टीको नेतृत्व रवि लामिछानेको हो, सरकार बने बालेन शाहको नेतृत्वमा बन्छ । रास्वपालाई मतदाताले लगभग दुई तिहाई दिएको त्यही सहमतिको विश्वासमा हो । रास्वपाको महाधिवेशनले अनुमोदन गरेको पनि त्यही हो ।
५ वर्षको लागि पार्टीको बाटो, नेतृत्व, विधान, नीति सबैको आधार त्यही सहमति हो । सहमति भन्दा बाहिर कोही जाँदैन भन्नेमा शंका आवश्यक छैन । केही शंकास्पद कुरा देखिए प्राविधिक गडबडी हुन्, सच्चिन्छन् भन्ने सोचौँ । सहमतिमा नअडिए, सहमतिमा खेलबाड गरे सक्किने हो । तर त्यो समाप्ति पार्टी र नेताको मात्रै हुँदैन, परिवर्तनको सम्भावनाको पनि हुन्छ; विश्वासको पनि हुन्छ, इमानको पनि हुन्छ । समुल नष्टको बाटो कोही हिँड्न खोज्छ भन्ने सोच्दै नसोचौं ।
किनकि, सोच्ने नै हो भने राम्रो सोचौँ । पछाडि फर्किने नै हो भने त्यो सहमतिमा फर्कौँ जहाँ प्रष्ट भनिएको थियो, …
प्रकाशित मिति : July 8, 2026 at 5:38 am





