२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

२३ असार, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले विश्व राजनीतिमा देखिएका तनाव र अनिश्चितताका बाबजुद नेपालको आन्तरिक अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको देखाएको छ।

मुद्रास्फीति र बाह्य क्षेत्रको स्थिति समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएकोमा चालु आर्थिक वर्षको १० महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित रहेको छ। यद्यपि, २०८३ वैशाख महिनामा वार्षिक विन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ

यसैगरी, कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य लिइएकोमा २०८३ वैशाख मसान्तसम्म आइपुग्दा १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने बलियो सञ्चिति कायम भएको छ

dainiki.com

कर्जा प्रवाह र ब्याजदरको अवस्था आर्थिक वर्ष २०८२/८३ का लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.० प्रतिशत रहने प्रक्षेपण गरिएको थियो। तर २०८३ वैशाख मसान्तसम्म विस्तृत मुद्रा प्रदाय १५.२ प्रतिशतले बढे पनि निजी क्षेत्रतर्फको कर्जा विस्तार भने ६.५ प्रतिशतमा मात्र सीमित रहेकाे छ । 

वित्तीय प्रणालीमा अत्यधिक तरलता रहेका कारण अल्पकालीन तथा दीर्घकालीन ब्याजदरहरू घटेका छन्। २०८३ वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३.३५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.७३ प्रतिशत कायम भएको छ

प्रकाशित मिति : July 7, 2026 at 12:13 pm