२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

अधिक तरलता व्यवस्थापन गर्न आज पनि २५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२३ असार, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले  ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ङ’ जारी गर्ने भएको हो।

यसको बोलकबोल आज दिउँसो ३ बजे अनलाइन माध्यमबाट हुनेछ । ऋणपत्रको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने उल्लेख छ ।

dainiki.com

काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अङ्कसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ । राष्ट्र बैंकले न्यूनतम रु पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : July 7, 2026 at 11:37 am