२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

आज दिउँसो मौद्रिक नीति आउँदै

२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । आज दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

dainiki.com

यसका लागि राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक बिहान साढे ९ बजेदेखि बसिरहेको छ। व्यवस्थापन समितिको छलफल सकिएलगत्तै सञ्चालक समितिको बैठक बोलाइनेछ। सञ्चालक समितिबाट स्वीकृत भएपछि मौद्रिक नीति सार्वजनिक गरिनेछ। मौद्रिक नीतिको कार्यदिशा, मौद्रिक औजारहरू र ब्याजदर करिडोरहरू समावेश गरी मौद्रिक नीति जारी गर्ने तयारी राष्ट्र बैंकको छ ।

प्रकाशित मिति : July 7, 2026 at 10:49 am