९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई आइएमई लाइफको आग्रह

२२ असार, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीले प्रचलित सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनले निर्दिष्ट गरे बमोजिम केवाईसी विवरण अद्यावधिक गर्न आग्रह गरेको हो।

dainiki.com

केवाईसी अद्यावधिकका लागि आफूलाई पायक पर्ने कम्पनीको जुनसुकै कार्यालयमा स्वयम् उपस्थित भई वा अनलाइन मार्फत फाराम डाउनलोड गरी विवरण भरेर इमेल ठेगाना वा ह्वाट्सएपमा पठाउन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : July 6, 2026 at 4:57 pm