नाडेप लघुवित्तको साधारण सभा सम्पन्न, ५ जना सञ्चालक निर्वाचित
२२ असार, काठमाडाैं। नाडेप लघुवित्त वित्तीय संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असार २२ गते नौविसे एग्रो रिसोर्ट नौविसे धादिङमा सम्पन्न भएको हो । उक्त सभामा संस्थाका सञ्चालक समितिका अध्यक्ष पिताम्वर प्रसाद आचार्यले अध्यक्षता गरेका थिए र प्रमुख कार्यकारी अधिकृत दीर्घ बहादुर अर्यालले स्वागत मन्तव्य राखेका थिए ।
सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले हाल वित्तीय क्षेत्रमा प्रतिकुल अवस्था रहेता पनि आगामी दिनमा सहज परिस्थितिको कामना गर्दै ग्राहक सदस्यलाई थप गुणास्तरीय सेवा प्रदान गर्दै सेयरधनीको अपेक्षा पुरा गर्न संस्था कटिबद्ध रहेको जानकारी गराए ।
त्यसैगरी नाडेप लघुवित्तको उन्नती र प्रगतिमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग, सल्लाह र प्रोत्साहित गरि आ–आफ्नो क्षेत्रबाट पुर्याएको योगदानका लागि सम्पूर्ण सेयरधनी, ग्राहकहरु, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सजेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग, बैंक तथा वित्तीय संस्थाहरु, लेखापरीक्षक, दातृ निकायहरु र यस वित्तीय संस्थाका कर्मचारीहरुलाई सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद दिंदै आगामी दिनहरुमा समेत निरन्तर सहयोगको अपेक्षा गरे ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित हुनुका साथै, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ ।
यस्तै सभामा वित्तीय संस्थाको समुह ‘क’ संस्थापक सेयरधनीहरू मध्येबाट ४ जना सञ्चालकहरूको निर्वाचन गर्ने, समुह ‘ख’ सर्वसाधारण सेयरधनीहरू मध्येबाट रिक्त रहेको १ जना सञ्चालकको बाँकी कार्यकालको लागि निर्वाचन गर्ने प्रस्ताव समेत पारित भएको छ ।
निर्वाचित हुने सञ्चालकमा टेकराज भट्ट (संस्थागत सेयरधनी प्रतिनिधि, नविल बैंक लि), भेषराज गौतम (संस्थागत सेयरधनी प्रतिनिधि, लुम्विनी विकास बैंक लि), कृष्ण प्रसाद न्यौपाने (संस्थागत सेयरधनी प्रतिनिधि, डिप्रोक्स– नेपाल) डा.भृगु ऋषि दुवाडी(संस्थापक सेयरधनी), सीता लुईटेल (सर्वसाधारण सेयरधनी प्रतिनिधि, (रिक्त) रहेका छन् ।
प्रकाशित मिति : July 6, 2026 at 4:39 pm





