१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

सेयर बजारका सबै सूचक घट्यो, नेप्से २६२७ अंकमा झर्यो

२२ असार, काठमाडाैं । साताको पहिलो कारोबार दिन साेमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा झरेको छ। साेमबार ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २३९ कम्पनीकाे सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्य स्थिर रहेकाे छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३५६ कम्पनीकाे ४६ हजार २४६ पटकको कारोबारमा ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँबराबरको ७५ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

साेमबार तीन कम्पनीकाे सेयरमा  सकारात्मक सर्किट लागेकाे छ। यस दिन स्नो रिभर्स, सानिगाड हाइड्रो र कालंगा हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेकाे हो। थ्रि स्टार हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक १३.७९ प्रतिशत घटेको छ। यस दिन ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ को सर्वाधिक काराेबार भएकाे छ छ। यस दिन ५३ करोड ९४ लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.१५ प्रतिशत घटेको छ।

प्रकाशित मिति : July 6, 2026 at 3:29 pm