१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

माउन्ट एभरेष्ट पावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

२२ असार, काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

dainiki.com

सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

प्रकाशित मिति : July 6, 2026 at 9:23 am