२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

भदौ ९ देखि १४ गतेसम्म आयोजित नाडा अटो शो २०२६ को स्टल बाँडफाट सम्पन्न

२१ असार, काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आउँदो भदौ ९ देखि १४ गतेसम्म आयोजित एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न भएको छ ।

सवारी साधन, पार्टपूर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको भव्य प्रदर्शनीको १८औं संस्करण “एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६” आयोजना गरिने भएको छ। उक्त प्रदर्शनीको स्टलका लागि गोला प्रथामा सहभागी हुनका लागि गत महिना रजिष्ट्रेशन खुल्ला गरिएको थियो ।

dainiki.com

आज नाडा सचिवालयमा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारीहरु, केन्द्रीय कार्यसमितिका सदस्यहरु एवं सम्पूर्ण सहभागी कम्पनीहरुका प्रतिनिधिहरुको उपस्थितिमा उक्त गोला प्रथा कार्यक्रम सम्पन्न गरी सहभागी कम्पनीहरुलाई स्टल बाँडफाट गरियो ।

गोला प्रथाद्वारा १९ वटा प्यासेन्जर भेहिकल, १० वटा २–पाँग्रे सवारी साधन, १७ वटा लाइट कमर्शियल भेहिकल एवं ७६ वटा साना स्टलहरूमा ४५ ओटा अटो कम्पोनेन्ट्सहरुलाई स्टल एलट्मेन्ट गरिएको छ ।

प्रकाशित मिति : July 5, 2026 at 5:51 pm