एशियन लाइफको २४ हजार कित्ता सेयर बिक्रीमा
२१ असार, काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि २४ हजार ८९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ। यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

साथै, निर्धारित समयावधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : July 5, 2026 at 9:03 am





