जागिरकाे खाेजीमा हुनुहुन्छ ? राष्ट्रिय बीमा कम्पनीले माग्यो कर्मचारी
१९ असार, काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले चौथो तहदेखि ८औँ तहसम्म १७ जना कर्मचारीका लागि दर्खास्त आह्वान गरेको हो ।प्रशासन तर्फ सह व्यवस्थापकका लागि १ जना, प्रशासन तर्फ १ जना चार्टर्ड अकाउन्टेन्ट, नायब व्यवस्थापक १ जना, कानून अधिकृत १ जना, सहायक व्यवस्थापक ३ जना, प्रशासन सहायक तर्फ १ जनाका लागि दर्खास्त आह्वान गरिएको छ ।
यसैगरी, स्वास्थ्य सहायक १ जना, सूचना प्रविधि सहायक १ जना, प्रशासन सहायक ‘ख’ तर्फ ६ जना र कृषि प्राविधिक १ जना माग भएको छ । सहायक ‘ख’का लागि १२ पास गरेकाले पनि आवेदन दिन पाउने छन् । यसैगरी, कृषि प्राविधिकका लागि एसएलसी वा सीईई उत्तीर्ण गरि १ वर्ष जेटिए तालिम प्राप्त वा कृषि विषयमा टीएसएलसी उत्तीर्ण गरी बीमा क्षेत्रमा १ वर्ष काम गरेको व्यक्तिले आवेदन दिन पाउने छन् ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार १९ गतेदेखि साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने साउन १४ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : July 3, 2026 at 3:04 pm






