१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता ?

१९ असार, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेकाे छ । बैंकले विभिन्न तहका १४२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत स्थायी पदपूर्तिका लागि वरिष्ठ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा आवेदन खुलाएको हो ।

 बैंकले जारी गरेको सूचनाअनुसार नवौं तहको वरिष्ठ प्रबन्धक पदमा १ जना, आठौं तहको प्रबन्धक पदमा २ जना, सातौं तहको उपप्रबन्धक पदमा ३ जना, छैटौं तहको सहायक प्रबन्धक पदमा ६८ जना तथा पाँचौं तहको वरिष्ठ सहायक पदमा ६८ जना कर्मचारी नियुक्त गरिनेछ ।

छैटौं तहको सहायक प्रबन्धक पदअन्तर्गत प्रशासन, कानुन, सूचना प्रविधि, लेखा, कृषि, इन्जिनियरिङ तथा नगद समूहका लागि आवेदन मागिएको छ। यस्तै, पाँचौं तहको वरिष्ठ सहायक पदका लागि प्रशासन, कानुन, नगद तथा सूचना प्रविधि समूहमा कर्मचारी भर्ना गरिने बैंकले जनाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार १९ गतेदेखि साउन ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने साउन १४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : July 3, 2026 at 2:41 pm