१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा आचार्य नियुक्त

१९ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा सुरेश आचार्यलाई नियुक्त गरेका छन् ।

dainiki.com

उपसभापति शर्माले डा आचार्यलाई पार्टीको विधानबमोजिम कार्यकारी निर्देशकमा आगामी  साउन १ गतेदेखि लागू हुनेगरी आज नियुक्त गरेको कांग्रेसले जनाएको छ ।
डा आचार्य कांग्रेस प्रचार विभागका पूर्वउपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त र नेपाल पत्रकार महासङ्घका पूर्वसभापति छन् ।

प्रकाशित मिति : July 3, 2026 at 12:17 pm