यूनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन
१९ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यूनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्स्योरेन्सको ४.२८५७ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य ४४४ रुपैयाँ ८४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा इन्स्योरेन्सको सेयर प्रतिकित्ता ४६३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा इन्स्योरेन्सको सेयर कारोबार खुल्नेछ।
प्रकाशित मिति : July 3, 2026 at 9:21 am






