१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले लिए शपथ

१८ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापाले शपथ लिएका छन्। बिहीबार विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री पोखरेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।यसैगरी शिक्षामन्त्री पोखरेलको उपस्थितिमा सेवा आयोगको नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केलाई त्रिवि सेवा आयोगका अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराएका छन्।

dainiki.com

शपथपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष थापाले त्रिवि सेवा आयोगको जिम्मेवारी निर्भीकता, निष्पक्षता र इमानदारिताका साथ निर्वाह गर्दै त्रिविमा कार्यरत प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र विश्वविद्यालयको संस्थागत सुधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति : July 2, 2026 at 1:32 pm