४४.५९ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि
१७ असार, काठमाडाैं । बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला सात कारोबारकाे दिनदेखि निरन्तर घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।यस दिन नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३६२ कम्पनीकाे ५६ हजार ८५० पटकको कारोबारमा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँबराबरको ९५ लाख ४७ हजार कित्ता सेयर काराेबार भएकाे छ । बुधबार २५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

यस दिन स्नो रिभर्सको सेयरमा सकारात्मक सर्किट लागेकाे छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन ५.२१ प्रतिशतले घटेको छ। यस दिन लक्ष्मी सनराइज बैंककाे सर्वाधिक काराेबार भएकाे छ । । सो बैंकको यस दिन २८ करोड ८४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
प्रकाशित मिति : July 1, 2026 at 3:17 pm









