यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?
१७ असार, काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको कुल ७० हजार ४८० कित्ता सेयर असार १६ गते बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले असार ११ गते गोप्य शिलबन्दी खोली र आवश्यक रुजु गरी प्रचलित कानून तथा धितोपत्र सम्बन्धी नियम,निर्देशिकाको अधिनमा रहि उक्त सेयर बाँडफाँड गरेको जनाएको छ ।

कुल सेयर संख्यामा संस्थापक समूहको ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहको ६ हजार ६३३ कित्ता रहेको थियो । बाँडफाँडको अन्तिम मूल्य ४४७.५० रुपैयाँ निर्धारण भएको छ । आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी असार १८ गतेबाट हुनेछ ।
प्रकाशित मिति : July 1, 2026 at 9:50 am









