१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

लगातार सातौं दिन घट्यो नेप्से, ३ अर्ब २५ करोडको कारोबार

१६ असार, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला छ कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा झरेको छ।  यस दिन ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्यमा भने यस दिन कुनै परिवर्तन आएको छैन । मंगलबार ३६५ कम्पनीको ८७ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन स्नो रिभर्स लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.०३ प्रतिशत घटेको छ। यस दिन सिद्धार्थ बैंककाे सबैभन्दा धेरै कारोबार भएकाे छ। बैंककाे यस दिन १३ करोड ३९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : June 30, 2026 at 3:23 pm